९ असोज २०८३ English
English

बागमती प्रदेशमा जटिल रोगका बिरामीलाई सहुलियतमा उपचार सेवा

· १ मिनेट पढाइ

बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात र महिलामा देखिने पाठेघरको मुखको क्यान्सरलगायतका जटिल रोग लागेका प्रदेशवासीलाई सहुलियत दरमा उपचार सेवा उपलब्ध गराउने भएको छ। यसका लागि 'मुख्यमन्त्री स्वास्थ्य सेवा कार्यक्रम' अन्तर्गत प्रदेश सरकारले काठमाडौँ उपत्यकाभित्र सञ्चालित विभिन्न अस्पतालसँग उपचार सहुलियतसम्बन्धी सम्झौता गरेको छ। मकवानपुर जिल्लामा पर्ने प्रदेश राजधानी हेटौँडामा आयोजित एक कार्यक्रममा प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ तथा सम्बद्ध अस्पतालका प्रतिनिधिहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

मन्त्री तामाङका अनुसार सम्झौताबमोजिम प्रदेशभरका जटिल रोगका बिरामीले कार्यक्रममा सूचीकृत अस्पतालमा उपचार गराउँदा खर्चमा सहुलियत पाउने छन्। उपचारमा लाग्ने खर्च जुटाउन नसकेकै कारण स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था घटाउन यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा प्रदेश सरकारले राखेको उहाँले बताउनुभएको छ। प्रदेश सरकारको यस व्यवस्थाबाट जटिल रोगका बिरामीलाई उपचारमा राहत मिल्ने विश्वास पनि मन्त्री तामाङले व्यक्त गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार