१३ असोज २०८३ English
English

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्षमा चयन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्षमा चयन

YouTube मा सब्स्क्राइब

नेपाल बहुपक्षीय विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक अर्थात् एआईआईबीको उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी दोहामा चलिरहेको बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकका क्रममा नेपाललाई आगामी वर्षका लागि गैरक्षेत्रीय सदस्य राष्ट्रतर्फको उपाध्यक्ष बनाइएको हो। बैंकको संरचनामा एक अध्यक्ष र क्षेत्रीय तथा गैरक्षेत्रीय सदस्य समूहबाट एक–एक उपाध्यक्ष रहने व्यवस्था छ।

यस पटक गैरक्षेत्रीय सदस्य समूहबाट नेपालसँगै युरोपेली मुलुक आयरल्यान्ड पनि उपाध्यक्षमा चुनिएको छ। अर्थमन्त्री तथा एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्लेले वार्षिक बैठकका अवसरमा यो जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको छ।

बैठकको दोस्रो दिन गभर्नर्स बिजनेस राउन्डटेबललाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले कम विकसित देशको आर्थिक वृद्धिको मुख्य आधार पूर्वाधारमा हुने पुँजी निर्माण रहेको बताउनुभएको छ। उहाँले सडक, बिजुली, सञ्चार र सूचना प्रविधिजस्ता उत्पादनका आधारभूत क्षेत्रमा लगानीको दायरा फराकिलो बनाउनुपर्ने धारणा राख्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार