१३ असोज २०८३ English
English

यू–१९ महिला विश्वकपको तयारीप्रति आईसीसी सन्तुष्ट

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
यू–१९ महिला विश्वकपको तयारीप्रति आईसीसी सन्तुष्ट

YouTube मा सब्स्क्राइब

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्, आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपका लागि नेपालले गरिरहेको तयारीमा सन्तुष्टि जनाएको छ। नेपाल यो प्रतियोगिताको सहआयोजक देश हो। आईसीसीका कार्यक्रम तथा सञ्चालन महाप्रबन्धक गौरव सक्सेनासहितको टोली तयारी हेर्न र समीक्षा गर्न नेपाल आएको छ।

टोलीले माथिल्लो मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेको छ। सक्सेनाका अनुसार नेपालीहरूको क्रिकेटप्रतिको मोह संसारका कुनै पनि ठाउँभन्दा कम छैन, त्यसैले यहाँ विश्वकप गराउन पाउँदा आईसीसी उत्साहित छ। उहाँले यो प्रतियोगिताबाट नेपालसँग आईसीसीको क्रिकेट सम्बन्ध अझ बलियो हुने बताउनुभएको छ।

उहाँका भनाइमा यस्तो स्थलगत भ्रमण आईसीसीका प्रतियोगिताको योजना र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्छ। प्रतियोगितालाई सफल बनाउन आईसीसीले नेपाल क्रिकेट संघ, क्यानसँग मिलेर काम गर्नेछ।

स्रोत

सम्बन्धित समाचार