बाढी प्रभावित क्षेत्रका विद्यालयमा पठनपाठन पुनः सुरु

रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीबाट प्रभावित विद्यार्थीको पठनपाठन सुरु भएको छ। क्षति पुगेका विद्यालय मर्मत गरेर र पूर्ण क्षति भएको अवस्थामा अस्थायी संरचना बनाएर कक्षा सञ्चालन गरिएको हो। नुवाकोटको विदुर नगरपालिकामा असोज १ गतेदेखि बाढी प्रभावित विद्यार्थीको पढाइ सुरु भएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाको शिक्षा शाखाका विद्यालय निरीक्षक नबराज सापकोटाका अनुसार आंशिक क्षति भएका विद्यालय मर्मत गरी र बाढीले बगाएको क्षेत्रमा अस्थायी सिकाइ केन्द्र बनाएर पढाइ भइरहेको छ। हाल त्यस क्षेत्रका कुनै पनि प्रभावित विद्यार्थी पढ्नबाट वञ्चित नरहेको र उनीहरूलाई मनोसामाजिक परामर्श समेत उपलब्ध गराइएको उहाँको भनाइ छ। सापकोटाका अनुसार बाढीले उक्त नगरपालिकामा करिब तीन हजार पाँच सय विद्यार्थीको पठनपाठन प्रभावित भएको थियो।
रसुवाको उत्तरगया गाउँपालिकामा भने भदौ २४ गतेदेखि नै पठनपाठन थालिएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख बोधराज पाठकले जानकारी दिनुभएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


