आईपीयू महासभामा भाग लिन सभामुख अर्याल आइतबार तान्जानिया जाँदै, रसुवा विपद्बारे आपत्कालीन प्रस्ताव राखिने

सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा भाग लिन आइतबार तान्जानिया जाँदै छन्। १८३ देशका सभामुख सहभागी हुने यो महासभा तान्जानियाको अरुशामा असोज १९ देखि २३ गतेसम्म हुनेछ।
महासभामा नेपालले रसुवा विपद्बारे ‘आपत्कालीन प्रस्ताव’ राख्नेछ। शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख अर्यालले आईपीयू बैठकमार्फत बाढीपहिरो र जलवायु परिवर्तनले पारेको असरबारे अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउने बताए। प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा राखेजस्तै गरी आफूले पनि यो विषय उठाउने उनले बताए। आफू विदेश घुम्न जान नलागेको पनि उनको भनाइ थियो।
संसद्को अधिवेशन सकिएको अवसरमा सभामुख अर्यालले संसद् कमजोर भएको आफूले पटक्कै महसुस नगरेको बताए। करिब तीन करोड नेपालीका लागि काम गर्न आएको उल्लेख गर्दै उनले काम गर्दा थकान हुनु स्वाभाविक भए पनि त्यसले संसद्को भूमिकामा कुनै असर नपार्ने बताए।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


