शिक्षक सेवा आयोगका नयाँ पदाधिकारीलाई मन्त्रीको निर्देशन

शिक्षक सेवा आयोगको काम प्रभावकारी र नतिजामुखी बनाउन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नवनियुक्त पदाधिकारीलाई निर्देशन दिनुभएको छ। सिंहदरबारस्थित मन्त्रालयमा आयोगका अध्यक्ष डा हरिप्रसाद लम्सालसहितका नवनियुक्त पदाधिकारीसँग भएको छलफलमा उहाँले शिक्षक भर्ना, बढुवा र पाठ्यक्रम सुधारमा जोड दिनुभएको हो। आयोगसँग सम्बन्धित ऐन तथा नियमावली समयसापेक्ष परिमार्जन गर्नुपर्ने उहाँको भनाइ छ।
विद्यालयमा शिक्षक दरबन्दी मिलान, परीक्षा प्रणालीमा सुधार र परीक्षाफल समयमै प्रकाशन गर्ने कामलाई प्राथमिकतामा राख्न उहाँले आग्रह गर्नुभएको छ। विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको र आगामी ऐनमा शिक्षक सेवा आयोगसँग जोडिएका विषय समेटिने विश्वास मन्त्री पोखरेलले व्यक्त गर्नुभएको छ। हालै बसेको मन्त्रिपरिषद् बैठकले भक्तपुरका डा लम्साललाई आयोगको अध्यक्ष तथा मकवानपुरका रामशरण सापकोटा र काठमाडौँका विष्णु घिमिरे रिमाललाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो।
छलफलमा आयोगलाई गतिशील र नतिजामुखी बनाउने विषयमा अध्यक्ष डा लम्सालले पनि धारणा राख्नुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


