अपडेट— कांग्रेसको वडा अधिवेशन: ४३ जिल्लाका ३ हजार ३९६ वडामा सम्पन्न, आज ३१ जिल्लामा

नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबार ४३ जिल्लाका तीन हजार ३९६ वडामा वडा अधिवेशन सम्पन्न गरेको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार यी अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। निर्वाचन समितिले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा सुरु भएको उल्लेख छ।
पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्मका जिल्लामा शनिबार अधिवेशन भएको हो। झापा, मोरङ, उदयपुर, चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, गोरखा, पाल्पा, सुर्खेत, जुम्ला, हुम्ला र कैलालीसमेत यसमा समेटिएका छन्। बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङबाहेक अन्य जिल्लाका बाँकी वडामा भोलि आइतबार अधिवेशन जारी रहने निर्वाचन समितिले जनाएको छ।
समितिले असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुँदै छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


