कांग्रेसको १५औँ महाधिवेशनको तयारी पूरा, आइतबारदेखि खुलामञ्चमा सुरु हुने

नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी पूरा भएको जनाएको छ। महाधिवेशन आइतबारदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदै छ। शनिबार उद्घाटनस्थलमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले महाधिवेशनलाई नेता छान्ने थलोमा मात्र सीमित नराखी ‘नीति चयन’ को अधिवेशनका रूपमा अघि बढाउने प्रयास भइरहेको बताए।
प्रवक्ता चालिसेका अनुसार महाधिवेशनमा सात हजार ५०० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। यो कांग्रेसको इतिहासमै सबैभन्दा ठूलो प्रतिनिधि सहभागिता हुनेछ। महाधिवेशनमा सभापति थापा र उपसभापति शर्माले प्रतिवेदन प्रस्तुत गर्नेछन्। छलफल सत्रमा उठेका विषयबारे हरेक दिन दुईपटक पत्रकार सम्मेलन गरी जानकारी दिइने छ।
सभापतिले नै महाधिवेशनको उद्घाटन गर्ने परम्परा भए पनि यसपटक पूर्वसभापति शेरबहादुर देउवाबाट उद्घाटन गराउने प्रयास गरिएको छ। देउवा उपस्थित नभए सभापति गगन थापाले उद्घाटन गर्नेछन्।
केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ। पार्टी कार्यालय बीपीनगर, सानेपामा प्रतिनिधिको दर्ता प्रक्रिया सुरु भइसकेको छ। प्रतिनिधिलाई बस्नका लागि काठमाडौँका विभिन्न स्थानमा होटल बुकिङ गरिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


