बाढीले म्याग्दीका जलविद्युत् आयोजनामा ठूलो क्षति, ८ आयोजना राष्ट्रिय प्रणालीबाट बाहिर

गत हप्ताको बाढीपहिरोका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। क्षति पुगेका आयोजनामा मध्यकालीगण्डकी आयोजना पनि छ।
बाढीले २६६ मेगावाट क्षमताका तीनवटा निर्माणाधीन आयोजना प्रभावित भएका छन्। सञ्चालनमा रहेका २१६ मेगावाट क्षमताका आठवटा आयोजनाको बिजुली राष्ट्रिय प्रणालीबाट बाहिर भएको छ।
बाढीपहिरोले सञ्चालनमा रहेका आयोजनाबाट उत्पादन हुने बिजुलीदेखि निर्माणाधीन आयोजनाको काम दुवैमा असर पारेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
