९ असोज २०८३ English
English

भारतले धौलीगङ्गा बाँध खोल्दै, महाकाली तटीय क्षेत्रमा सतर्कता आग्रह

· १ मिनेट पढाइ
भारतले धौलीगङ्गा बाँध खोल्दै, महाकाली तटीय क्षेत्रमा सतर्कता आग्रह
तस्बिर: नागरिक

भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध सिल्ट सफाइका लागि खोलिने भएको छ। एनएचपीसी लिमिटेडको पत्रअनुसार आइतबार राति १२ बजेदेखि सोमबार बिहान १० बजेसम्म बाँधको ढोका खुला रहनेछ। दार्चुलादेखि बैतडी, डडेल्धुरा हुँदै कञ्चनपुरसम्म महाकालीको जलस्तर बढ्न सक्ने प्रशासनले जनाएको छ। बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले तटीय बासिन्दालाई त्यस अवधिमा नदीकिनार नजान आग्रह गर्नुभएको छ। यसअघि साउन १३ गते पनि बाँध खोलिएको थियो।

यो समाचार भिडियोमा

भारतले धौलीगङ्गा बाँध खोल्दै, महाकाली तटीय क्षेत्रमा सतर्कता आग्रह

स्रोत

सम्बन्धित समाचार