९ असोज २०८३ English
English

लगातार वर्षाले नुवाकोट–रसुवाका बाढी प्रभावितका टेन्टमा पानी, रेडक्रसले त्रिपाल बाँड्यो

· १ मिनेट पढाइ
लगातार वर्षाले नुवाकोट–रसुवाका बाढी प्रभावितका टेन्टमा पानी, रेडक्रसले त्रिपाल बाँड्यो
तस्बिर: थाहाखबर

भदौ १० गतेको भोटेकोशी बाढीपछि रसुवाबाट विस्थापित भई नुवाकोटमा बसेका परिवारका टेन्टमा बिहीबारदेखिको लगातार वर्षाले पानी पसेको छ। उत्तरगया गाउँपालिका–१ का वडाध्यक्ष मानसिंह तामाङका अनुसार छानाबाट चुहिएको पानी र भलले राहतमा पाएको सामान जोगाउन गाह्रो भएको छ। विदुर नगरपालिका–५ बाणाचौतारोमा मात्रै सयभन्दा बढी विस्थापित परिवार अस्थायी टेन्टमा छन्। खाद्यान्न र लत्ताकपडा भिजेका छन् भने ज्येष्ठ नागरिक र बालबालिकाको कठिनाइ झन् बढेको छ।

यो समाचार भिडियोमा

लगातार वर्षाले नुवाकोट–रसुवाका बाढी प्रभावितका टेन्टमा पानी, रेडक्रसले त्रिपाल बाँड्यो

स्रोत

सम्बन्धित समाचार