गृह मन्त्रालयबाट एकैपटक ७० कर्मचारीको सरुवा

गृह मन्त्रालयले एकैपटक ७० जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले गत शुक्रबार गरेको निर्णयअनुसार नायब सुब्बा, कम्प्युटर अपरेटर र खरिदार पदमा कार्यरत कर्मचारीको सरुवा गरिएको हो। प्रशासनतर्फ कार्यरत यी कर्मचारीलाई मन्त्रालय मातहतका विभिन्न कार्यालय तथा निकायमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ। सरुवा भएका कर्मचारीलाई सम्बन्धित निकायमा नयाँ जिम्मेवारी तोकिएको छ। सरुवा भएका सबै कर्मचारीको नाम, हाल कार्यरत कार्यालय र सरुवा भएको कार्यालयसहितको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


