लुम्बिनी विकासको नयाँ खाका, तिलौराकोट सूचीकरणसहित १२ बुँदे सिफारिस

बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन १२ बुँदे सिफारिससहित तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन रुपन्देहीमा सम्पन्न भएको छ। ‘बृहत्तर लुम्बिनी क्षेत्रमा सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन र स्थानीयको दिगो विकास’ विषयक सम्मेलन शुक्रबारदेखि सुरु भएको थियो। विश्व बैंकको करिब १२ अर्ब रुपैयाँ ऋण सहयोगमा सञ्चालन हुने बृहत्तर लुम्बिनी विकास अर्थात् ग्ल्याड परियोजनाको कार्यान्वयन प्रभावकारी बनाउन उक्त मार्गचित्र तय गरिएको हो।
सम्मेलनले पूर्वाधार निर्माण गर्दा कङ्क्रिटभन्दा सम्पदामैत्री विकासमा जोड दिनुपर्ने निष्कर्ष निकालेको छ। परियोजनाअन्तर्गत सबै क्षेत्र र सरोकारवालालाई समेटेर सामुदायिक नक्साङ्कन गर्ने तथा स्थानीय समुदायलाई आयआर्जनसँग जोड्ने नीति तय गर्न सरकारलाई सिफारिस गरिएको छ। लुम्बिनी विकास कोषका सदस्यसचिव ज्ञानीन राईका अनुसार बृहत्तर लुम्बिनी क्षेत्रका तिलौराकोट, रामग्राम र देवदहलगायत स्थानमा रहेको पुरातात्त्विक तथा ऐतिहासिक सम्पदाको संरक्षणमा विज्ञहरूले जोड दिएका छन्।
सम्पदाको सांस्कृतिक महत्त्व कायम राख्दै स्थानीय सहभागिता बढाउन र पूर्वाधार सुधार गर्न पनि सम्मेलनले सिफारिस गरेको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


