९ असोज २०८३ English
English

पोखरा विमानस्थल खुल्नै सकेन, भरतपुर–सुर्खेत–लुक्लाका उडान पनि प्रभावित

· १ मिनेट पढाइ
पोखरा विमानस्थल खुल्नै सकेन, भरतपुर–सुर्खेत–लुक्लाका उडान पनि प्रभावित
तस्बिर: नागरिक

खराब मौसम र न्यून दृश्यताका कारण शुक्रबार पोखरा, भरतपुर, सुर्खेत र लुक्लामा आन्तरिक उडान हुन सकेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अन्य गन्तव्यमा उडानमा समस्या छैन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्न नसक्दा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका छन्। विमानस्थल प्रबन्धक सुर्यबहादुर खत्रीका अनुसार ३ दिनअघि सुरु भएको फ्लाई दुबईको पोखरा–दुबई उडानसहित बुद्ध, यती र श्री एयरलाइन्सका उडान रद्द भएका छन्। उडान ढिलाइले विमानस्थलमा यात्रुको चाप बढेको छ।

यो समाचार भिडियोमा

पोखरा विमानस्थल खुल्नै सकेन, भरतपुर–सुर्खेत–लुक्लाका उडान पनि प्रभावित

स्रोत

सम्बन्धित समाचार