९ असोज २०८३ English
English

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, नेपाल–चीन व्यापारमा असर

· १ मिनेट पढाइ
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, नेपाल–चीन व्यापारमा असर
तस्बिर: नेपाल लाइभ

मुस्ताङको नेपाल–चीन सीमामा रहेको कोरला नाका क्षेत्रमा बिहीबार राति बेमौसमी हिमपात भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार हिमपातले निकासी–पैठारीका कन्टेनर आवतजावतमा समस्या देखिएको छ। एक्याप लोमान्थाङका अनुसार आसपासका बस्तीमा भारी वर्षा र माथिल्ला लेकमा आंशिक हिमपात भइरहेको छ। प्रशासनले काभ्रेभिरदेखि उपल्लो मुस्ताङसम्मका सडकमा यात्रा नगर्न भनेको छ। बिहीबार रातिदेखि ४ दिनसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी चलाउन रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी एकराज भण्डारीले बताउनुभएको छ।

यो समाचार भिडियोमा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, नेपाल–चीन व्यापारमा असर

स्रोत

सम्बन्धित समाचार