फोहोरमैला व्यवस्थापन विधेयक प्रतिनिधिसभामा पेस

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रतिनिधि सभामा पेस गरेका छन्। सरकारको तर्फबाट पूर्वाधार विकास मन्त्रालयले यो विधेयक अघि सारेको हो। बुधबार बसेको बैठकमा विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै सांसदको सूचना दर्ता भएन।
त्यसपछि सभामुखले मन्त्री लम्साललाई विधेयक पेस गर्ने अनुमति दिएका हुन् र सदनले यसलाई विचारार्थ प्रस्तुत गर्न स्वीकृति दिएको छ। फोहोर उत्पादन, संकलन र विसर्जनसहित समग्र व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी अझ स्पष्ट बनाउनुपर्ने आवश्यकता रहेको मन्त्री लम्सालले बताएका छन्। तीनै तहबीच समन्वय बलियो पार्दै सफा वातावरण निर्माण गर्न यो विधेयक अपरिहार्य रहेको उनको भनाइ छ।
फोहोरले मानव स्वास्थ्य र वातावरणमा पार्ने नकारात्मक असर घटाउनु विधेयकको मुख्य लक्ष्य रहेको उल्लेख छ। चक्रीय अर्थतन्त्रको अवधारणालाई आत्मसात् गर्ने विषय पनि विधेयकमा समेटिएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


