सुर्खेतमा कैलालीबाट अछाम जाँदै गरेको फोर्स गाडी दुर्घटना, नौ जना घाइते
सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा मंगलबार (कात्तिक ३ गते) यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।
कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी बिहान करिब १०:३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो।
घाइतेमध्ये तीन जनाको अवस्था मध्यम रहेको जनाइएको छ।
दुर्घटनापछि गाडीका चालक फरार भएका छन्। प्रहरीले उनको खोजी सुरु गरेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
