९ असोज २०८३ English
English

चमत्कार भएन भने कांग्रेस विभाजन निश्चित: पूर्णबहादुर खड्का

· १ मिनेट पढाइ
चमत्कार भएन भने कांग्रेस विभाजन निश्चित: पूर्णबहादुर खड्का
तस्बिर: इमेजखबर

नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले कुनै चमत्कार भएन भने पार्टी विभाजन निश्चित रहेको बताउनुभएको छ। आइतबार सामाजिक सञ्जालमार्फत उहाँले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो। सम्भावित विभाजन रोक्न आफूले अन्तिम प्रयास गरिरहेको पनि उहाँले जनाउनुभएको छ।

देशको वर्तमान विषम परिस्थितिमा लोकतन्त्रको इतिहास बोकेको सबैभन्दा ठूलो दल विभाजित हुँदा मुलुकको लोकतन्त्रमै गम्भीर दुष्प्रभाव पर्ने चिन्ता उहाँले व्यक्त गर्नुभएको छ। कांग्रेसभित्रका दुई पक्षले १५औँ महाधिवेशनको मिति तोकेर समानान्तर गतिविधि गरिरहेका बेला उहाँको यो अभिव्यक्ति आएको हो।

यो समाचार भिडियोमा

चमत्कार भएन भने कांग्रेस विभाजन निश्चित: पूर्णबहादुर खड्का

स्रोत

सम्बन्धित समाचार