९ असोज २०८३ English
English

सवारी चालक अनुमतिपत्र वितरण सहज बनाउन तीन निकायबीच सम्झौता

· १ मिनेट पढाइ
सवारी चालक अनुमतिपत्र वितरण सहज बनाउन तीन निकायबीच सम्झौता
तस्बिर: नेपाल प्रेस

सवारी चालक अनुमतिपत्र अर्थात् लाइसेन्सको छपाइदेखि वितरणसम्मको प्रक्रियालाई थप सहज, व्यवस्थित र प्रभावकारी बनाउन सरकारका तीन निकायबीच त्रिपक्षीय सम्झौता भएको छ। सम्झौता मंगलबार पूर्वाधार विकास मन्त्रालयमा सम्पन्न भएको छ। यसमा यातायात व्यवस्था विभाग, सुरक्षण मुद्रण केन्द्र र हुलाक सेवा विभागले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार लाइसेन्सको विवरण पठाउने, छाप्ने र सेवाग्राहीसम्म पुर्‍याउने काम तीन चरणमा तीन निकायले बाँडेर गर्नेछन्। पहिलो चरणमा ईडीएलभीआरएस अर्थात् विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणालीबाट जारी हुने लाइसेन्सको विवरण सिधै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा पुग्नेछ। यातायात व्यवस्था विभागले लाइसेन्स र सवारी दर्ताका लागि यही विद्युतीय प्रणाली सञ्चालन गर्दै आएको छ।

दोस्रो चरणमा आफ्नो प्रणालीमा आएको विवरणका आधारमा लाइसेन्स छाप्ने सम्पूर्ण काम सुरक्षण मुद्रण केन्द्र आफैँले गर्नेछ। तेस्रो चरणमा छापिएका लाइसेन्स हुलाक सेवा विभागले सम्बन्धित प्रदेश कार्यालयसम्म पुर्‍याउनेछ। सेवाग्राहीले चाहेमा हुलाकमार्फत आफूले तोकेको ठेगानामै लाइसेन्स सुरक्षित रूपमा पुर्‍याउने व्यवस्था पनि सम्झौतामा समेटिएको छ।

यो समाचार भिडियोमा

सवारी चालक अनुमतिपत्र वितरण सहज बनाउन तीन निकायबीच सम्झौता

स्रोत

सम्बन्धित समाचार