दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
पूरा कथा भिडियोमा

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।
दसैँ बिदाको अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन मन्त्रालयले प्रदेशमा स्वास्थ्य हेर्ने मन्त्रालय र सबै सङ्घीय सरकारी अस्पताललाई पत्र पठाएको हो।
दसैँमा धेरै दिन बिदा हुने भएकाले यस अवधिमा अस्पतालले कसरी सेवा दिनेछन् भन्ने विषय चासोको रूपमा उठ्दै आएको छ। मन्त्रालयको निर्देशनअनुसार बिदाका दिनमा पनि अस्पतालका अत्यावश्यक सेवा बन्द हुने छैनन्।
बडादसैँको सातौँ दिन शनिबार देशभर फूलपाती भित्र्याइएको छ। दसैँ मनाउन धेरै नागरिक घर फर्किएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


