प्रधान सेनापति सिग्देलको चिनियाँ रक्षामन्त्रीसँग भेटवार्ता

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गर्नुभएको छ। यो भेट बुधबार भएको हो। भेटमा आपसी हित तथा दुई देशबीचको सैनिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
सोही भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले भदौ ३१ गते चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण गर्नुभएको थियो। सोही दिन उहाँ बेइजिङमा आयोजना भएको १३औँ बेइजिङ स्याङसङ फोरमको उद्घाटन सत्रमा पनि सहभागी हुनुभएको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


