९ असोज २०८३ English
English

परराष्ट्रमन्त्री खनालसँग राष्ट्रसङ्घीय आवासीय संयोजकको भेट

· १ मिनेट पढाइ
परराष्ट्रमन्त्री खनालसँग राष्ट्रसङ्घीय आवासीय संयोजकको भेट
तस्बिर: गोरखापत्र

नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक लिला पिटर्स याहियाले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। काठमाडौँस्थित परराष्ट्र मन्त्रालयमा बिहीबार उक्त भेट भएको हो। भेटमा नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। आपसी सहयोग अभिवृद्धिसम्बन्धी विषयमा पनि दुई पक्षबीच कुराकानी भएको मन्त्रालयको भनाइ छ। भेटवार्ताबारे परराष्ट्रमन्त्री खनालको सचिवालयले पनि जानकारी दिएको छ।

स्रोत

सम्बन्धित समाचार