१५ असोज २०८३ English
English

निजामती विधेयक: बिदा नौ प्रकारको, महिला कर्मचारीलाई महिनावारी बिदा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
निजामती विधेयक: बिदा नौ प्रकारको, महिला कर्मचारीलाई महिनावारी बिदा

YouTube मा सब्स्क्राइब

सरकारले संसद्मा दर्ता गरेको संघीय निजामती सेवा विधेयकमा महिला कर्मचारीलाई महिनावारी अर्थात् रजस्वला बिदा दिने प्रस्ताव गरिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा विधेयक दर्ता गराउनुभएको हो। विधेयकको दफा १२५ मा कर्मचारीले नौ प्रकारका बिदा पाउने उल्लेख छ।

हाल कर्मचारीले आठ प्रकारका बिदा पाउँदै आएका छन् र प्रचलित ऐनमा महिनावारी बिदाको व्यवस्था छैन। तर यस्तो बिदा कति दिन पाइने भन्ने विधेयकमा स्पष्ट छैन। उपलब्ध विधेयकमा नौ प्रकारका बिदाको विस्तृत सूची नभएकाले महिनावारी बिदाको विवरण अझै खुलेको छैन।

दफा १४८ अनुसार कर्मचारीले पाउने बिदा र बेतलबी बिदाका विषय नियमावलीमार्फत तोकिनेछन्। प्रचलित व्यवस्थाअनुसार कर्मचारीले वर्षमा भैपरी आउने ६ दिन र पर्व ६ दिन गरी १२ दिन बिदा पाउँछन्। घर बिदा वर्षमा एक महिना र बिरामी बिदा १२ दिन छ।

महिलाले ९८ दिन मातृत्व तथा प्रसूति बिदा पाउँछन् र चाहेमा थप ६ महिनासम्म बेतलबी प्रसूति बिदा लिन सक्छन्। पुरुषले १५ दिन प्रसूति स्याहार बिदा र कर्मचारीले १५ दिन किरिया बिदा पाउँदै आएका छन्। दफा १२६ अनुसार पति वा पत्नी कूटनीतिक नियोगमा खटिएमा कर्मचारीले बढीमा पाँच वर्ष बेतलबी बिदा पाउने व्यवस्था छ।

स्रोत

सम्बन्धित समाचार