१३ असोज २०८३ English
English

रसुवाको टिमुरे टेलिफोन टावरमा सोलार, हेलिकप्टरबाट डिजेल ढुवानी अन्त्य

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
रसुवाको टिमुरे टेलिफोन टावरमा सोलार, हेलिकप्टरबाट डिजेल ढुवानी अन्त्य

YouTube मा सब्स्क्राइब

रसुवाको टिमुरेमा रहेको नेपाल टेलिकमको टेलिफोन टावर अब सौर्य ऊर्जाबाट चल्न थालेको छ। टेलिकमले उक्त टावरमा १२ किलोवाट क्षमताको सोलार प्रणाली जडान गरी सञ्चालनमा ल्याएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले बिजुलीका संरचना बगाएपछि त्यस क्षेत्रमा विद्युत् आपूर्ति ठप्प भएको थियो।

त्यसयता टावर डिजेल जेनेरेटरको भरमा चलाइँदै आएको थियो। सडक सम्पर्क टुटेकाले जेनेरेटरका लागि चाहिने डिजेलसमेत हेलिकप्टरबाट पुर्‍याउनुपर्ने बाध्यता थियो। नेपाल विद्युत् प्राधिकरणको लाइन छिट्टै नफर्कने देखिएपछि टेलिकमले यो व्यवस्था गरेको हो।

सोलार जडानका लागि चाहिने उपकरण र सामग्री पनि हेलिकप्टरमार्फत नै टिमुरे–खैदी पुर्‍याइएको टेलिकमले जनाएको छ। नयाँ प्रणालीसँगै अब बारम्बार डिजेल पठाउनुपर्ने समस्या टरेको छ। राष्ट्रिय प्रसारण लाइनको बिजुली नभए पनि सीमावर्ती टिमुरे क्षेत्रमा टेलिकमको टुजी र फोरजी सेवा चौबीसै घण्टा चल्ने टेलिकमको भनाइ छ।

स्रोत

सम्बन्धित समाचार