१३ असोज २०८३ English
English

हवाई सेवा सुचारु: पोखरा–जोमसोम उडान फेरि सुरु, ताप्लेजुङमा साढे तीन महिनापछि उडान

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
हवाई सेवा सुचारु: पोखरा–जोमसोम उडान फेरि सुरु, ताप्लेजुङमा साढे तीन महिनापछि उडान

YouTube मा सब्स्क्राइब

ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि सोमबारदेखि नियमित हवाई उडान सुरु भएको छ। वर्षाका कारण रोकिएको पोखरा–जोमसोम उडान पनि तीन दिनपछि फेरि चल्न थालेको छ। खराब मौसमलगायतका कारण जेठ २२ गतेदेखि बन्द सुकेटारमा नेपाल वायुसेवा निगमको ट्विनअटर विमानले उडान थालेको हो।

काठमाडौँबाट १३ यात्रु लिएर आएको विमान पाँच यात्रुसहित फर्किएको एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीले जानकारी दिनुभएको छ। असोज १५ गतेदेखि यो रुटमा सोमबार, बिहीबार र शनिबार उडान हुने नयाँ तालिका बनाइएको छ। काठमाडौँबाट ताप्लेजुङको भाडा १२ हजार २७० रुपैयाँ र ताप्लेजुङबाट काठमाडौँको भाडा १२ हजार ७० रुपैयाँ तोकिएको छ।

विमान अभाव, प्राविधिक समस्या र कहिलेकाहीँ यात्रु नपाउँदा यहाँको उडान नियमित हुन नसकेको बताइएको छ। शुक्रबारदेखि बन्द पोखरा–जोमसोम रुटमा सोमबार समिट एयरको ट्विनअटरले पाँच उडान भरेको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख विश्वराज शर्माले बताउनुभएको छ। स्वदेशी, भारतीय र अन्य देशका यात्रु जोमसोम पुगेका छन् भने पोखरा जाने यात्रु पनि उल्लेख्य छन्।

बेनी–जोमसोम–कोरला सडक दर्जनौँ ठाउँमा अवरुद्ध रहेकाले हवाई सेवाले मुस्ताङ पुग्ने पर्यटकलाई केही राहत दिएको छ।

स्रोत

सम्बन्धित समाचार