बाढीपहिरोले चीनतर्फका तीनवटै प्रमुख व्यापारिक नाका ठप्प, अर्बौंका गाडी अलपत्र

तीन दिनसम्म परेको लगातारको वर्षा र बाढीपहिरोका कारण चीनसँग जोडिएका तीनवटै प्रमुख व्यापारिक नाका अवरुद्ध भएका छन्। यसले चीनसँगको स्थलमार्गबाट हुने व्यापार पूर्ण रूपमा ठप्प भएको छ।
नाका र सडक अवरुद्ध हुँदा अर्बौं रुपैयाँ मूल्यका सवारीसाधन सडक र भन्सार नाकामै अलपत्र परेका छन्। सञ्चालनमा रहेको बाँकी एकमात्र कोरला नाका पनि बन्द भएपछि आयात ठप्प भएको नेपाल समाचारपत्रले जनाएको छ।
नाका बन्द हुनुले दसैँअघिको व्यापारमा असर परेको छ। नेपाल समाचारपत्रका अनुसार नाका अवरुद्ध हुँदा नेपालीको सबैभन्दा ठूलो चाड दसैँ महँगो हुने अवस्था बनेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


