१० असोज २०८३ English
English

'सगरमाथादेखि समुद्रसम्म': जलवायु जोखिमबारे न्युयोर्कमा नेपालका पाँच प्रस्ताव

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
'सगरमाथादेखि समुद्रसम्म': जलवायु जोखिमबारे न्युयोर्कमा नेपालका पाँच प्रस्ताव

YouTube मा सब्स्क्राइब

नेपालले हिमालदेखि समुद्रसम्म फैलिएको जलवायु जोखिम सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष पाँचबुँदे प्रस्ताव अघि सारेको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घ मुख्यालयमा नेपालले आयोजना गरेको 'सगरमाथादेखि समुद्रसम्म' उच्चस्तरीय कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा यो आह्वान गरिएको हो। कार्यक्रममा नेपाल, राष्ट्रसङ्घ र विभिन्न देशका उच्च प्रतिनिधि सहभागी थिए।

जलवायु प्रणालीले राजनीतिक सिमाना नमान्ने भएकाले हिमाल, नदी, समुद्र र तटीय क्षेत्रलाई एउटै पारिस्थितिक प्रणालीका रूपमा हेर्नुपर्ने मन्त्री खनालले बताउनुभयो। उहाँका अनुसार ध्रुवीय क्षेत्रबाहेक हिमालय नै विश्वको सबैभन्दा ठूलो हिम भण्डार हो, जहाँबाट करिब ६३ हजार ७०० हिमनदी बग्छन्। पछिल्ला तीन दशकमा नेपालले आफ्नो हिम क्षेत्रको झन्डै एकतिहाइ भाग गुमाइसकेको उहाँको भनाइ छ।

नेपालले भोटेकोसीमा आएको विनाशकारी बाढीको भिडियो देखाउँदै हिमाली विपद्तर्फ विश्वको ध्यान खिचेको छ। मन्त्री खनालले गत महिना लाङटाङ क्षेत्रमा चट्टान र हिमनदीको ठूलो भाग खसेको घटनालाई 'हिमालयन सुनामी' भन्नुभएको छ। यसैगरी राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा शनिबार जलवायु जोखिममा रहेका राष्ट्रहरूको मञ्च, सीभीएफका नेताहरूको बैठकमा उहाँले हिमाली र साना टापु विकासशील राष्ट्रबीच सहकार्य बलियो बनाउनुपर्ने बताउनुभयो।

जलवायु न्यायका लागि सामूहिक पहल चाहिने उहाँको भनाइ छ। उहाँले मञ्चकी अध्यक्ष तथा बारबाडोसकी प्रधानमन्त्री मिया अमोर मोट्लीको नेतृत्वको प्रशंसा गर्नुभयो। हिमनदी पग्लिने, हिमताल फुटेर बाढी आउने र समुद्री सतह बढ्ने जोखिमले हिमाली र टापु राष्ट्र उस्तै प्रभावित भएको उहाँले बताउनुभयो।

स्रोत

सम्बन्धित समाचार