१२ असोज २०८३ English
English

अर्थमन्त्री वाग्लेद्वारा एआईआईबीलाई नेपालको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अर्थमन्त्री वाग्लेद्वारा एआईआईबीलाई नेपालको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह
तस्बिर: क्लिकमाण्डू

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) का अध्यक्ष जियायीसँग भेटवार्ता गरेका छन्। उनले एआईआईबीसँग नेपालमा बाढीपछिको पुनर्निर्माण र पूर्वाधार क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन्।

एआईआईबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री वाग्ले कतारको राजधानी दोहा पुगेका छन्। भेटवार्ता त्यही क्रममा दोहामा भएको हो। अर्थमन्त्री वाग्ले एआईआईबीका लागि नेपालका गभर्नर पनि हुन्।

भेटमा अर्थमन्त्रीले बाढीपछिको पुनर्निर्माणसँगै नेपालका पूर्वाधार क्षेत्रमा एआईआईबीको लगानी विस्तार गर्न आग्रह गरेका हुन्। पछिल्ला दिनमा भएको अविरल वर्षापछि आएको बाढीपहिरोले देशका विभिन्न स्थानमा सडक, बस्ती र अन्य संरचनामा क्षति पुर्‍याएको छ।

एसियाली पूर्वाधार लगानी बैंक एसियाली मुलुकका पूर्वाधार परियोजनामा लगानी गर्ने बहुपक्षीय विकास बैंक हो र नेपाल यसको सदस्य राष्ट्र हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १२ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 12 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार