१८ असोज २०८३ English
English

१२ वर्षदेखि अड्किएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दसैंलगत्तै चार्ज हुने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
१२ वर्षदेखि अड्किएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दसैंलगत्तै चार्ज हुने
तस्बिर: नेपाल लाइभ

१२ वर्षदेखि निर्माणमा अड्किएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले बाँकी रहेका दुईवटा मल्टिसर्किट टावरको निर्माण सकेर दसैंलगत्तै प्रसारणलाइन चार्ज गर्ने तयारी गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले हेटौंडा–ढल्केबर ४०० केभी सबस्टेसनको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले निर्माणाधीन दुई मल्टिसर्किट टावरको कामको प्रगतिबारे जानकारी लिएका थिए।

निरीक्षणपछि मन्त्री श्रेष्ठले दसैंलगत्तै यो प्रसारणलाइन सञ्चालनमा आउने बताए।

लामो समयदेखि निर्माण रोकिएको यो प्रसारणलाइन सञ्चालनमा आएपछि १२ वर्षदेखि अधुरो रहेको परियोजना पूरा हुनेछ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार