२१ असोज २०८३ English
English

किसानलाई चाँडै परिचयपत्र, सूचीकृत किसानबाट वितरण सुरु गर्ने तयारी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
किसानलाई चाँडै परिचयपत्र, सूचीकृत किसानबाट वितरण सुरु गर्ने तयारी

YouTube मा सब्स्क्राइब

सरकारले सूचीकृत किसानलाई छिट्टै परिचयपत्र वितरण गर्ने तयारी गरेको छ। कृषि सञ्चार तथा मानव संशाधन विकास केन्द्रमार्फत किसान सूचीकरण पूरा भएका पालिकाबाट वितरण सुरु गरिनेछ। पहिलो चरणमा काठमाडौँबाट परिचयपत्र बाँड्ने तयारी भएको केन्द्रका डा.

सञ्जीव पण्डितले बताउनुभएको छ। परिचयपत्र पाउने किसानले अनुदान, कृषि बिमा, राहत, उत्पादन प्रोत्साहन, यान्त्रीकरण, प्रविधि हस्तान्तरण र सहुलियतपूर्ण कृषि कर्जाजस्ता सेवा सजिलै लिन सक्नेछन्। प्रत्येक किसानको जग्गा, लगाइएको बाली, पालिएका पशुपन्छी र सिँचाइ सुविधाको विवरण तथ्याङ्कमा आधारित बनाउन परिचयपत्रले सघाउने केन्द्रको भनाइ छ।

सरकारले किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७ र किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०८१ मार्फत यो प्रणाली लागू गरेको हो। हालसम्म देशभर करिब २६ लाख किसान सूचीकृत भइसकेका छन्। यसैबीच राष्ट्रिय कृषक समूह महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष सन्तबहादुर केसीले वर्गीकरणसहितको परिचयपत्र अन्य पालिकामा पनि विस्तार गर्न प्रदेश सरकारसँग माग गर्नुभएको छ।

उहाँका अनुसार सुर्खेतको लेकबेसी नगरपालिकामा करिब ६ हजार किसानलाई वर्गीकरणसहित परिचयपत्र वितरण भइसकेको छ।

स्रोत

सम्बन्धित समाचार