भैरहवामा २ करोड ५१ लाखभन्दा बढी मूल्यका सुनका गहनासहित महिला पक्राउ

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले २ करोड ५१ लाख रुपैयाँभन्दा बढी मूल्यका सुनका गरगहना बरामद गरेको छ। गहनासहित काठमाडौंकी इला पटेललाई पक्राउ गरिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म, डण्डा रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको सात सदस्यीय टोलीले बुधबार राति करिब ८ बजे भारतबाट नेपाल प्रवेश गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीले बरामद गहनासहित पक्राउ परेकी महिलालाई भन्सार कार्यालयमा बुझाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


