९ असोज २०८३ English
English

न्युयोर्कबाट प्रधानमन्त्रीको सन्देश: तीन दिन उच्च सतर्कता अपनाऔं

· १ मिनेट पढाइ
न्युयोर्कबाट प्रधानमन्त्रीको सन्देश: तीन दिन उच्च सतर्कता अपनाऔं
तस्बिर: राजधानी

प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुग्नुभएका प्रधानमन्त्रीले बुधबार सामाजिक सञ्जालमार्फत यो सन्देश दिनुभएको हो। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै उहाँले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने र कोशी, बागमती, मधेश, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने उल्लेख गर्नुभएको छ।

मौसमी प्रणालीको प्रभावले गण्डकीको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी खण्ड र कर्णालीको जुम्ला आसपास असर पर्ने उहाँको भनाइ छ। सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा अवरोध आउन सक्ने भन्दै उहाँले नदी तथा खोला किनारका क्षेत्रमा विशेष सावधानी अपनाउन भन्नुभएको छ। पानी परिरहेको र रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न तथा मौसममा सुधार नआएसम्म ट्रेकिङ तथा हिमाली क्षेत्रको भ्रमण स्थगित गर्न प्रधानमन्त्रीले अनुरोध गर्नुभएको छ।

विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय र पूर्वसतर्कता अपनाउन पनि उहाँले आग्रह गर्नुभएको छ।

यो समाचार भिडियोमा

न्युयोर्कबाट प्रधानमन्त्रीको सन्देश: तीन दिन उच्च सतर्कता अपनाऔं

स्रोत

सम्बन्धित समाचार