९ असोज २०८३ English
English

असोज ११ सम्म पदयात्रा नगर्न टानको आग्रह, करिब ४ हजार पर्यटक सुरक्षित स्थानतर्फ

· १ मिनेट पढाइ
असोज ११ सम्म पदयात्रा नगर्न टानको आग्रह, करिब ४ हजार पर्यटक सुरक्षित स्थानतर्फ
तस्बिर: बिजमाण्डू

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल, टानले भारी वर्षाको जोखिम औँल्याउँदै असोज ११ गतेसम्म पदयात्रा रोक्न पर्यटकलाई आग्रह गरेको छ। टानका महासचिव सोनामग्याल्जेन शेर्पाले बिहीबार जारी गर्नुभएको विज्ञप्तिमा नयाँ पदयात्रामा ननिस्कन र पदमार्गमा रहेका पर्यटक तथा सहयोगी टोलीलाई सुरक्षित ठाउँमा राख्न भनिएको छ। लगातारको वर्षाले खोलामा बहाव बढ्ने, आकस्मिक बाढी र पहिरो जाने तथा पदमार्ग र यातायात सेवा प्रभावित हुने जोखिम रहेको टानले जनाएको छ।

नदी किनार, भिरालो जमिन र पहिरो जान सक्ने ठाउँमा पर्वतारोहण वा अन्य साहसिक गतिविधि नगराउन पनि अनुरोध गरिएको छ। टानले मौसमको ताजा जानकारी लिँदै स्थानीय निकाय, सुरक्षा निकाय र संरक्षित क्षेत्रका व्यवस्थापकसँग समन्वय गर्न भनेको छ। सम्बन्धित निकायहरूको विवरणअनुसार चेतावनीका बाबजुद अन्नपूर्ण, मनास्लु र सगरमाथा क्षेत्रमा करिब ४ हजार पर्यटक पदयात्रामा छन्।

अन्नपूर्ण संरक्षण आयोजनाका अनुसार आइतबारयता पोखराबाट मात्रै करिब २ हजार ५ सय पर्यटक विभिन्न पदमार्गमा निस्किएका छन्। मनास्लु संरक्षण क्षेत्रका अनुसार मनास्लु पदमार्गमा गाइड र भरियासहित करिब ६ सय जना छन्। खुम्बु क्षेत्रमा हाल करिब १ हजार १ सय पर्यटक रहेका छन्।

यो समाचार भिडियोमा

असोज ११ सम्म पदयात्रा नगर्न टानको आग्रह, करिब ४ हजार पर्यटक सुरक्षित स्थानतर्फ

स्रोत

सम्बन्धित समाचार