९ असोज २०८३ English
English

बाढीपछिको पुनर्निर्माणमा एकीकृत आवास निर्माणमा जोड

· १ मिनेट पढाइ
बाढीपछिको पुनर्निर्माणमा एकीकृत आवास निर्माणमा जोड
तस्बिर: रातोपाटी

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षति पुगेका आवास पुनर्निर्माण गर्दा एकीकृत आवास निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ। नेपाल जग्गा तथा आवास विकास सङ्घ र नेपाल जग्गा तथा आवास विकास महासङ्घको आयोजना तथा नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको घरजग्गा मेलाअन्तर्गत शनिबार आयोजित छलफलमा यस्तो धारणा राखिएको हो। विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणमा सार्वजनिक–निजी साझेदारीमार्फत एकीकृत आवास विकास अघि बढाउनुपर्ने वक्ताहरूको सुझाव छ।

छलफलमा सुरक्षित बस्ती विकासलाई प्राथमिकता दिनुपर्ने र विपद् जोखिम न्यूनीकरणलाई आवास तथा सहरी विकासको योजनासँगै जोड्नुपर्नेमा जोड दिइएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त प्रकाश अर्यालले विपद् आएपछि क्षति व्यवस्थापन गर्नुभन्दा निर्माणअघि नै जोखिम पहिचान गरेर योजना बनाउनुपर्ने बताउनुभयो। जोखिम सञ्चार, पूर्वतयारी र भवन निर्माण अनुमति प्रणालीलाई समग्र निर्माण प्रक्रियासँग जोड्नुपर्ने उहाँको भनाइ छ।

नदी करिडोर र जोखिमयुक्त क्षेत्रमा भइरहेको बस्ती विकास व्यवस्थित गर्न एकीकृत नीति आवश्यक रहेको उहाँले बताउनुभयो। यो छलफल भृकुटीमण्डपमा जारी नेपाल ल्याण्ड एन्ड हाउजिङ तथा कन्स्ट्रक्सन एक्स्पो २०२६ अन्तर्गत भएको हो।

यो समाचार भिडियोमा

बाढीपछिको पुनर्निर्माणमा एकीकृत आवास निर्माणमा जोड

स्रोत

सम्बन्धित समाचार