धनुषाका ३८८ परिवारले ९ वर्षपछि पाए लालपुर्जा

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा पाएका छन्। यो बस्ती साविकको रमदैया भवाडी गाउँ विकास समितिको वडा नम्बर २, ३, ४, ६, ७ र ८ मा पर्छ। नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी ३८८ थान जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो।
उक्त क्षेत्रको नापजाँच कार्य २०७४ सालमै सम्पन्न भएको थियो। नापनक्सा सम्पन्न भए पनि कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा वितरण लामो समय रोकिएको थियो। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ती परिवारको जग्गा दर्ता गरेपछि मात्र पुर्जा वितरण सम्भव भएको हो।
यससँगै उनीहरूको जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा स्थापित भएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


