प्रधान सेनापति सिग्देल चीन भ्रमण सकेर स्वदेश फर्किए

प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले उनको स्वागत गरेका थिए। भ्रमणका क्रममा सिग्देलले चीनका रक्षामन्त्रीसँग शिष्टाचार भेट गरेका थिए।
चिनियाँ सेनाका उच्च सैनिक अधिकारीसँग पनि उनको भेटवार्ता भएको थियो। उनले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय अर्थात् एनडीयूको निरीक्षण गरेका थिए। विभिन्न सैनिक तालिम तथा शिक्षण संस्था र सैनिक एकाइको निरीक्षणसमेत उनले गरेका थिए।
बेइजिङमा आयोजित १३औँ बेइजिङ सियाङसान फोरममा उनले सहभागिता जनाएका थिए। भ्रमणको विवरण नेपाली सेनाले सार्वजनिक गरेको हो। नेपाली सेनाका अनुसार यस भ्रमणले नेपाल र चीनबीचको सौहार्दपूर्ण द्विपक्षीय एवं सैनिक सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्याउनेछ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


