हप्तामा दुई दिन बिदाको व्यवस्था पुनरवलोकन गर्न राष्ट्रियसभामा माग

राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सरकारी कार्यालयमा हप्तामा २ दिन बिदा दिने र ५ दिन मात्र काम गर्ने व्यवस्थाबाट सेवा प्रवाहमा अपेक्षित सुधार नआएको भन्दै यसको पुनरवलोकन माग गर्नुभएको छ। बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले दैनिक कार्यालय समय करिब १ घण्टा थपिए पनि सेवा प्रवाहमा उल्लेख्य परिवर्तन नदेखिएको बताउनुभएको छ। यो व्यवस्थाका कारण सरकारी कर्मचारीको जीवनयापनमा समेत समस्या परेको गुनासो आएको उहाँले उल्लेख गर्नुभएको छ।
सोही बैठकमा सांसद मदनकुमारी शाह (गरिमा)ले भोटेकोशी बाढीको मुद्दा जलवायु कूटनीतिका माध्यमबाट अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउनुपर्ने धारणा राख्नुभएको छ। नेकपा एमालेकी सांसद मीनासिंह रखालले रसोई ग्यासको कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न सरकारलाई आग्रह गर्नुभएको छ। नेपाली कांग्रेसकी सांसद विष्णुदेवी पुडासैनीले विद्युत् सेवालाई मूल्य अभिवृद्धि करको दायरामा ल्याउन नहुने बताउनुभएको छ।
नेपाली कम्युनिस्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले बुटवल–पाल्पा सडकखण्डमा बारम्बार हुने दुर्घटनातर्फ सरकारको ध्यान खिच्नुभएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


