१७ असोज २०८३ English
English

मदन भण्डारी कप भलिबल: उपाधिका लागि नेपाल पुलिस र सभापोखरी भिड्ने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मदन भण्डारी कप भलिबल: उपाधिका लागि नेपाल पुलिस र सभापोखरी भिड्ने

YouTube मा सब्स्क्राइब

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करणको उपाधिका लागि शनिबार नेपाल पुलिस क्लब र सभापोखरी भलिबल क्लब भिड्ने भएका छन्। बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुक्रबार भएको सेमिफाइनलमा पुलिसले अर्को विभागीय टोली एपिएफ क्लबलाई ३–१ सेटमा पराजित गरेको छ। पहिलो सेट २१–२५ ले गुमाएपछि पुलिसले दोस्रो सेट २८–२६, तेस्रो २५–१६ र चौथो २५–१९ ले जितेको छ।

अर्को सेमिफाइनलमा सभापोखरीले पाहुना टोली खैरा क्लब पन्जाबलाई ३–१ सेटमा हराएको छ। सभापोखरीले २५–२०, २५–१६, २३–२५ र २५–१५ को अङ्कमा जित निकालेको छ। शुक्रबार नै भएको समूह चरणको अन्तिम खेलमा एपिएफले भारतको गुजरात स्पोर्टिङ क्लबलाई ३–२ सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।

सेमिफाइनलमा पराजित खैरा र एपिएफ तेस्रो स्थानका लागि खेल्नेछन्।

स्रोत

सम्बन्धित समाचार