१८ असोज २०८३ English
English

राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने बागमतीका खेलाडीलाई एक लाख पुरस्कार

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने बागमतीका खेलाडीलाई एक लाख पुरस्कार

YouTube मा सब्स्क्राइब

बागमती प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने आफ्ना खेलाडीलाई एक लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ। शनिबार बसेको प्रदेश खेलकुद विकास परिषद्को २६औँ विस्तारित बोर्ड बैठकले यस्तो निर्णय गरेको हो। निर्णयअनुसार रजत पदक विजेताले ७५ हजार रुपैयाँ र कांस्य पदक विजेताले ५० हजार रुपैयाँ पाउनेछन्।

दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने तय भएको छ। परिषद्का सदस्यसचिव दीपक लामाका अनुसार बागमती प्रदेशले प्रतियोगितामा २२ वटा खेलमा सहभागिता जनाउनेछ। टोली बनाउन जिल्लास्तरमा खेलाडी छनोट प्रक्रिया तत्काल सुरु गरिने परिषद्ले जनाएको छ।

छनोटमा परेका खेलाडीलाई बन्द प्रशिक्षण शिविरमा राखेर प्रतियोगिताको तयारी गराइनेछ। सोही बैठकले हेटौंडा–६ गौरीटारमा सिन्थेटिक ट्र्याक निर्माण गर्ने निर्णय पनि गरेको छ। त्यहीँ तीन हजार दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल पनि बनाइनेछ।

दुवै संरचना निर्माणका लागि बहुवर्षीय ठेक्का आह्वान गरिने परिषद्ले जनाएको छ।

स्रोत

सम्बन्धित समाचार