सुदूरपश्चिम सरकारले बुधबार पनि बजेट ल्याएन, बजेटसम्बन्धी रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

सुदूरपश्चिम प्रदेश सरकारले बुधबार पनि बजेट प्रस्तुत गर्न सकेन। बजेट प्रस्तुत गर्न बोलाइएको प्रदेशसभाको बैठक सरेको छ।
प्रदेशसभाका सचिव देवबहादुर बोगटीका अनुसार प्रदेशसभाको अर्को बैठक बिहीबार बिहान ८ बजे बस्नेछ। प्रदेश सरकारले बजेट ल्याउन नसकेपछि बैठक सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
यसैबीच, सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध दायर बजेटसम्बन्धी उत्प्रेषण रिट निवेदनमा लिखित जवाफ पेस गर्न आदेश दिएको छ। आदेशमा रिट निवेदनको मागबमोजिम आदेश जारी हुनुपर्ने वा नपर्ने सम्बन्धमा आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ।
सर्वोच्चले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न दुवै पक्षलाई पनि बोलाएको छ। यसका लागि असोज २३ गते शुक्रबार छलफल तोकिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


