१० असोज २०८३ English
English

ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव
तस्बिर: बिजमाण्डू

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल अर्थात् इप्पानले नेपाल विद्युत् प्राधिकरणको ग्रिड कनेक्सन बिन्दु तथा भोल्टेज तह परिवर्तनसम्बन्धी कार्यविधिको मस्यौदामा असहमति जनाउँदै १९ बुँदे संशोधन प्रस्ताव बुझाएको छ। अध्यक्ष मोहन कुमार डाँगीको नेतृत्वमा गएको टोलीले प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ र विद्युत् व्यापार विभागका प्रमुख कमल आचार्यलाई भेटेर प्रस्ताव हस्तान्तरण गरेको हो। मस्यौदाले उत्पादकमाथि एकतर्फी रूपमा जोखिम र आर्थिक भार थप्न सक्ने इप्पानको भनाइ छ।

प्रसारण संरचना बनाउन प्राधिकरण वा अन्य सरकारी निकायले गर्ने ढिलाइ र कनेक्सन बिन्दु परिवर्तनमा जोखिम न्यायोचित ढंगले बाँडिनुपर्ने इप्पानको माग छ। आरसीओडी र सीओडी, ग्रिड इम्प्याक्ट स्टडी, ट्रान्सफर्मर तथा प्रसारण चुहावटमा पनि उत्पादक र ग्रिड सञ्चालकबीच जोखिम बाँडफाँटको व्यवस्था माग गरिएको छ। कनेक्सन बिन्दु वा भोल्टेज तह फेर्न आयोजनाले कम्तीमा ३० प्रतिशत भौतिक प्रगति गरेको हुनुपर्ने प्रस्तावित व्यवस्थाबारे पनि इप्पानले प्रस्तावमा धारणा राखेको छ।

यो समाचार भिडियोमा

ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव

स्रोत

सम्बन्धित समाचार