छुजुङ खोला जलविद्युत् आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा ९ अर्ब ऋण

संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन छुजुङ खोला जलविद्युत् आयोजनाका लागि माछापुच्छ्रे बैंकको अगुवाइमा ६ बैंक तथा वित्तीय संस्थाले करिब ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका छन्। सांग्रिला ऊर्जा लिमिटेडले निर्माण सुरु गरेको यो आयोजना ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त प्रकृतिको हो। सहवित्तीयकरणमा प्रभु बैंक र लुम्बिनी विकास बैंक सह–अगुवा छन् भने मुक्तिनाथ विकास बैंक, एनआईसी एशिया बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सदस्य बैंकका रूपमा सहभागी छन्।
आयोजनाको कुल लागत करिब १२ अर्ब रुपैयाँ अनुमान गरिएको छ। ऋणबाहेकको करिब ३ अर्ब रुपैयाँ घलेम्ली हाइड्रो लिमिटेडलगायत संस्थापकले स्वपुँजीका रूपमा लगानी गर्नेछन्। भदौ १० को भोटेकोशी बाढीपछि वित्तीय व्यवस्थापन टुंगिएको यो सम्भवतः पहिलो जलविद्युत् आयोजना हो।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
