२३ असोज २०८३ English
English

श्रमिकलाई चाडपर्व खर्च अनिवार्य दिन श्रम विभागको निर्देशन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
श्रमिकलाई चाडपर्व खर्च अनिवार्य दिन श्रम विभागको निर्देशन

YouTube मा सब्स्क्राइब

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता र प्रतिष्ठानलाई श्रमिकलाई चाडपर्व खर्च अनिवार्य रूपमा दिन निर्देशन दिएको छ। कतिपय रोजगारदाताले श्रमिकलाई यो रकम नदिएको गुनासो विभागमा आएपछि यस्तो निर्देशन जारी गरिएको हो। श्रम ऐन, २०७४ को दफा ३७ अनुसार हरेक श्रमिकले आफ्नो धर्म, संस्कृति र परम्पराअनुसारको चाडका लागि वर्षमा एक पटक एक महिनाको आधारभूत पारिश्रमिक बराबर रकम पाउने व्यवस्था छ।

चाडपर्व खर्च नपाउने श्रमिकले आफ्नो कार्यक्षेत्रको श्रम तथा रोजगार कार्यालय वा विभागमा उजुरी वा निवेदन दिन सक्ने विभागले जनाएको छ। उजुरी, गुनासो र सुझाव इमेलबाट पठाउन मिल्ने गरी विभागले क्यूआर कोडसमेत सार्वजनिक गरेको छ। विभागका प्रवक्ता मणिनाथ गोपले सम्बन्धित प्रतिष्ठानलाई रकम अनिवार्य उपलब्ध गराउन भनिएको र निर्देशन नमान्नेमाथि श्रम ऐनबमोजिम कारबाही हुने बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार