समस्याग्रस्त चार सहकारीका २२३ बचतकर्ताले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चारवटा समस्याग्रस्त सहकारीका २२३ जना बचतकर्ताको बचत फिर्ता गरेको छ।
समितिका अनुसार शिव शिखर, कान्तीपुर, कृषि विकास र गोर्खा सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गरिएको हो।
समस्याग्रस्त घोषित सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने काम प्रचलित कानुनी व्यवस्थाबमोजिम निरन्तर भइरहेको समितिले जनाएको छ।
समस्याग्रस्त सहकारीमा बचत गरेका बचतकर्ताले लामो समयदेखि आफ्नो रकम फिर्ता माग गर्दै आएका छन्। समितिले सोही प्रक्रियाअन्तर्गत यी चार सहकारीका २२३ जनाको बचत फिर्ता गरेको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


