फ्लाईदुबई विमानमा भएको आक्रमणमा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानमा भएको आक्रमणमा इरान संलग्न भएको पुष्टि भए इरानले ‘धेरै कडा’ कारबाही भोग्नुपर्ने चेतावनी दिएका छन्।
विमानको ककपिटमा पाइलटमाथि आक्रमण भएको थियो। नेपाल लाइभका अनुसार उक्त आक्रमण विमानका सहपाइलटले गरेका थिए। ट्रम्पले इरानको संलग्नता पुष्टि भए इरानमाथि धेरै कडा सैन्य कारबाही गरिने बताएका छन्।
फ्लाईदुबईको उडान नम्बर एफजेड १०७३ मा भएको सम्भावित अपहरण तथा आक्रमण प्रयासको वास्तविक कारणबारे अझै धेरै प्रश्न अनुत्तरित रहेका छन्।
यसैबीच घटनामा विमानका क्याप्टेन स्मितले देखाएको बहादुरीको प्रशंसा भइरहेको छ। उनको साहसको चर्चासँगै भारतीय विमानकर्मी नीरजा भनोटको साहस पनि सम्झिइएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

