नारायणी नदी खतराको तहमाथि, बस्ती डुबानमा

चितवनको देवघाटमा नारायणी नदीको जलसतह खतराको तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार पानीको सतह करिब ११ मिटर पुगेको छ र अझै बढ्दो छ। यहाँ ९ मिटरलाई खतराको तह मानिन्छ।
चेतावनी तह भने ७ दशमलव ३ मिटरमा तोकिएको छ। महाशाखाले नारायणी र सहायक नदीमा उच्च जोखिम देखाउँदै विशेष बुलेटिन जारी गरेको छ। चितवन र नवलपरासीमा उच्च सतर्कता अपनाइएको छ।
नवलपरासीको बर्दघाट–सुस्तापूर्वका बस्ती डुबानमा परेका छन्। गैँडाकोट नगरपालिका–२ को बोटेटोल र कावासोतीको अमलटारी क्षेत्रमा पनि पानी पसेको छ। त्रिवेणी र भारतको भैंसालोटन जोड्ने गण्डक ब्यारेजमा पनि बहावले खतराको तह नाघेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो