९ असोज २०८३ English
English

कोशी राजमार्गको खाँदबारी–सभाखोला खण्ड दैनिक ९ घण्टा बन्द

· १ मिनेट पढाइ

सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–सभाखोला खण्डमा मर्मत तथा फराकिलो बनाउने कामका लागि दैनिक ९ घण्टा सवारी आवागमन बन्द गरिएको छ। सडक डिभिजन कार्यालय तुम्लिङटारका अनुसार खाँदबारीदेखि तुम्लिङटार हुँदै सभाखोलासम्मको करिब १७ किलोमिटर खण्डमा विद्यमान कालोपत्रे सडक फराकिलो पार्ने र मर्मत गर्ने काम भइरहेको छ। कार्यालयका कायममुकायम प्रमुख इन्जिनियर मनोजकुमार मण्डलका अनुसार बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सवारी साधन रोकिनेछन्।

दिउँसो १२ बजेदेखि १ बजेसम्म र साँझ ६ बजेदेखि राति ८ बजेसम्म भने सवारी सञ्चालन खुला रहने कार्यालयले जनाएको छ। तोकिएकै समयमा काम सम्पन्न गर्न निर्माण व्यवसायीले गरेको अनुरोधपछि यो व्यवस्था लागू गरिएको हो। आवागमन बन्दको व्यवस्था मंगलबारदेखि सुरु भएको र आगामी अक्टोबर १६ सम्म कायम रहने कार्यालयले जनाएको छ।

यो समाचार भिडियोमा

कोशी राजमार्गको खाँदबारी–सभाखोला खण्ड दैनिक ९ घण्टा बन्द

स्रोत

सम्बन्धित समाचार