९ असोज २०८३ English
English

कांग्रेसको पालिका अधिवेशन आज देशभर एकसाथ

· १ मिनेट पढाइ
कांग्रेसको पालिका अधिवेशन आज देशभर एकसाथ
तस्बिर: नेपाल लाइभ

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रियाअन्तर्गत भोलि असोज ७ गते देशभरका पालिकामा एकसाथ अधिवेशन हुँदैछ। असोज ३ गते वडा अधिवेशनबाट विधिवत् सुरु भएको यो प्रक्रिया अब स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने महत्त्वपूर्ण चरणमा प्रवेश गरेको हो। केन्द्रीय निर्वाचन समितिका अनुसार केही छिटपुट स्थानबाहेक देशभरका वडामा नेतृत्व चयन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भइसकेको छ।

विभिन्न कारणले बाँकी रहेका केही स्थानमा सोमबारसम्म अधिवेशन सक्ने तयारी गरिएको समितिले जनाएको छ। बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा सोमबार अधिवेशन सम्पन्न भएको छ। मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही बाँकी वडामा पनि सोमबारै प्रक्रिया टुङ्गिएको समितिले जनाएको छ।

प्राकृतिक विपत्ति र विशेष परिस्थितिबीच पनि समितिले तय भएको सांगठनिक कार्यतालिका नरोकिने गरी अघि बढाएको छ। वडा अधिवेशन सहज रूपमा सकिएकाले भोलिको पालिका अधिवेशन पनि सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास समितिले व्यक्त गरेको छ।

यो समाचार भिडियोमा

कांग्रेसको पालिका अधिवेशन आज देशभर एकसाथ

स्रोत

सम्बन्धित समाचार