९ असोज २०८३ English
English

सिटिजन्स बैंक र कामना सेवा विकास बैंकद्वारा लाभांश

· १ मिनेट पढाइ

सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई कुल ४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। भदौ ३१ गते बसेको सञ्चालक समितिको ५२१औँ बैठकले यो निर्णय गरेको बैंकले जनाएको छ। यसमा ३.८० प्रतिशत बोनस सेयर छ भने ०.२० प्रतिशत नगद लाभांश कर तिर्नका लागि छुट्याइएको छ। बैंकका अनुसार यो लाभांशबापत करिब ६२ करोड रुपैयाँ वितरण हुनेछ। नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको २०औँ वार्षिक साधारणसभाले अनुमोदन गरेमा मात्र सेयरधनीले यो लाभांश पाउनेछन्। बैंकको २० वर्षको औसत लाभांश दर करिब १० प्रतिशत रहेको छ।

उता कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश दिने निर्णय सर्वसम्मतिले गरेको छ। उक्त लाभांशमा कर रकम पनि समेटिएको छ। सोही दिन काठमाडौँको भाटभटेनीमा सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सभा सम्पन्न भएको छ। अग्राधिकार सेयरधनीले भने सेयर बाँडफाँट भएको दिनदेखि गत असार मसान्तसम्मको हिसाबले ९ प्रतिशत लाभांश आनुपातिक रूपमा पाउनेछन्। सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण अनुमोदन गर्दै एनबीएसएम एन्ड एसोसिएट्सलाई बाह्य लेखापरीक्षक नियुक्त गरेको छ।

स्रोत

सम्बन्धित समाचार