मलेसियामा श्रमिक भर्ना विवाद: प्रधानमन्त्री शाहको अनवर इब्राहिमसँग टेलिफोन वार्ता

प्रधानमन्त्री बालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोनमा कुरा गर्दै मलेसियाको रोजगारी क्षेत्रमा देखिएको सिन्डिकेट र बिचौलिया प्रथा अन्त्य गर्न आग्रह गर्नुभएको छ। मंगलबार बिहान भएको वार्तामा उहाँले यस्तो व्यवस्था नेपाललाई कुनै पनि हालतमा स्वीकार्य नभएको स्पष्ट पार्नुभएको छ। यो प्रथाले श्रमिकलाई मर्का परेको भन्दै प्रधानमन्त्री शाहले समस्या समाधानका लागि दुवै देशका श्रममन्त्रीबीच सीधा वार्ता गराउन आग्रह गर्नुभएको छ।
उहाँले नेपाल–मलेसिया श्रम सम्बन्धलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ। जवाफमा प्रधानमन्त्री इब्राहिमले आफू पनि सिन्डिकेट र बिचौलिया प्रथाको विरोधमा रहेको बताउनुभएको छ। उहाँले मलेसियाका श्रममन्त्रीलाई नेपाली श्रममन्त्रीसँग मिलेर ठोस समाधान खोज्न निर्देशन दिने प्रतिबद्धता जनाउनुभएको छ।
नेपाली कामदार भर्नाको जिम्मा थोरै म्यानपावर कम्पनीमा मात्र सीमित गर्ने मलेसियाको योजनाबाट सुरु भएको विवाद अब प्रधानमन्त्री तहसम्म पुगेको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


